
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन खेलकुद पूर्वाधारहरूका लागि बजेट अभाव हुन नदिने बताउनुभएको छ ।
पोखरा रंगशालाको सोमबार निरीक्षण गर्दै उहाँले खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको दाबी गर्नुभयो ।
राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पौडी पोखरी निर्माण गर्नेमा पनि सरकारको ध्यान केन्द्रीत भएको उहाँको भनाइ छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा आधुनिक प्यारापिटसहितको फुटबल मैदान निर्माणाधीन अवस्थामा छ ।
प्रतिक्रिया दिनुहोस्