
एजेन्सी । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार बिज्ञहरुले नाभाल्नीमाथि मानव अधिकार हनन भएको भन्दै घटनाको सत्यतथ्य बाहिर ल्याउनमा सहयोग गर्न अन्तराष्ट्रिय समुदाय संग माग गरेको हो ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले रूसी प्रशासनिक केन्द्र, क्रेमलिनका आलोचक तथा रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको भनी आएका समाचारबारे अन्तर्राष्ट्रिय अनुसन्धानको सोमबार आग्रह गरेका छन् ।
मस्कोको जेलमा रहेका नाभाल्नीलाई मस्कोदेखि करिब २ सय किलोमिटर टाढा भ्लादिमिर क्षेत्रमा रहेको एक जेलमा सारिएको थियो ।
उनलाई रूसी अदालतले २ बर्ष ५ महिनाको जेल सजाय तोकेको छ । विज्ञहरूले उनलाई जेलबाट विना शर्त रिहा गर्नुपर्ने माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्