१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


जोकोभिच ३ सय १० हप्तादेखि शिर्ष वरियतामा


0
Shares

एजेन्सी । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले सर्वाधिक लामो अवधि विश्व वरियताको शिर्ष स्थानमा रहने किर्तीमान बराबरी गरेका छन् ।

विश्व टेनिसको सर्वोच्च निकायले हरेक हप्ता पुरुषतर्फ ए.टि.पी र महिलातर्फ डब्लु.टि.ए वरियता निकाल्ने गरेको छ ।

जोकोभिच ३ सय १० हप्ता एटिपी वरियताको शिर्ष स्थानमा रहेका छन् । यसअघि स्विस खेलाडी रोजर फेडेररले ३ सय १० हप्ता शिर्ष वरियतामा रहने किर्तीमान राखेका थिए ।

जोकोभिचले अब अर्को हप्ता पनि शिर्ष स्थान कायम गरेर फेडेररको किर्तीमान तोड्ने पक्का छ ।

३३ वर्षीय सर्बियन खेलाडी जोकोविचले गत हप्ता नवौँ पटक अस्ट्रेलियन ओपन तथा समग्रमा १८ औँ ग्राण्डस्लाम उपाधि जितेका थिए ।

उनी पुरुष एकलमा सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र रफायल नदालको २० उपाधिभन्दा दुई उपाधि मात्रै टाढा छन् ।

विश्व वरियतामा भने उनले छलाङ मारेका हुन् । सन् २०१४ को जुलाईदेखि २०१६ को नोभेम्बरसम्म लगातार १ सय २२ हप्तासम्म जोकोभिच शिर्ष वरियतामा रहन सफल भएका थिए ।