
काठमाडौ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली झन देश दौडाहामा लागिरहनुभएको छ ।
पछिल्लो समय विभिन्न आयोजनाको शिलान्यास र उद्घाटनमा प्रधानमन्त्री ओली व्यस्त हुँदै आउनुभएको छ ।
यसै क्रममा उहाँ आज झापा, मोरङका विभिन्न कार्यक्रममा सहभागी हुँदैहुनुहुन्छ । प्रधानमन्त्री ओलीले मध्याह्न साढे १२ बजे अनारमनी नगरपालिकाले विपन्नहरूका लागि निर्माण गरेको एकीकृत बस्ती हस्तान्तरणको कार्यक्रम रहेको छ ।
त्यसलगत्तै उहाँ बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनमा सहभागी हुने कार्यक्रम छ ।
सो कार्यक्रम सकेर प्रधानमन्त्री ओली अपराह्न तीन बजे मोरङको उर्लाबारीमा निर्माण गर्न लागिएको एकीकृत सन्थाल बस्तीको शिलान्यासमा सहभागी हुने कार्यक्रम रहेको छ ।
उर्लाबारीको उक्त कार्यक्रमसकेर उहाँ आजै साँझ काठमाडौँ फर्कनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्