
Picture: Radio Tamor
काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । आगोले जलेर ४० घर ध्वस्त भएका छन् ।
आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिनुभयो ।
त्यसैगरी स्थानीयबासी, नेपाली सेना र नेपाल प्रहरीले पनि आगो नियन्त्रणको प्रयास गरीरहेका छन् । स्थानीय भोला पौडेलको घरबाट विद्युत चुहावट भई आगो लागेको बताइएको छ ।
दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घर धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घर रहेको स्थानीय बताउँछन् ।
आगोले पुर्याएको क्षतिको विवरण पनि आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्