
तस्विर फाइल
काठमाडौं । सभामुख अग्नी सापकोटासँग नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले छलफल गरेका छन् ।
आज बिहान सभामुख निवासमा भएको भेटमा संसद बैठकलगायतका विषयमा छलफल भएको छ ।
भेटमा नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयका दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको छ ।
भेटमा नेताहरुले निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुगो नलगाइसकेको अवस्थमा कसरी प्रस्तुत हुनेलगायतका विषयमा पनि परामर्श गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्