२१ असार २०८२, शनिबार | Sun Jul 6 2025


धरहराको १०औं तला ढलान गर्ने तयारी


91
Shares

काठमाडौं, चैत ३ । पुनःनिर्माण जारी रहेको धरहराको १०औं तला ढलानको तयारी भइरहेको छ ।

धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १०औं तलाको ढलान हुने जानकारी दिएका हुन् ।

सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतले धरहरा र रानीपोखरी पुनःनिर्माणको अवलोकन गर्नेक्रममा श्रेष्ठले उक्त जानकारी गराएका हुन् ।

रानीपोखरी क्षेत्रको बालगोपालेश्वर मन्दिर तथा पुलको काम गरिरहेको निर्माण कम्पनी सीएरतुलसी कन्स्ट्रक्सन जेभीका शान्तकुमार श्रेष्ठले तोकिएको समयभित्र आफ्नो जिम्मेवारीको काम सम्पन्न हुने बताए ।