१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पिच रोडलाई पिच रोड नै बनाइन्छ, घिच रोड बनाइँदैन– प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको बाटोमा अघि बढेको बताउनुभएको छ ।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले अब देशमा पिच रोडलाई पिच रोड नै बनाउने बताउनुभयो । कलाकार हरिवंश आचार्यले नामकाे मात्र रोड रहेकाे सडकहरु भत्किएर घिच रोड भएकाे भन्दै व्यङ्ग्य गरेकोप्रति जवाफ दिँदै उहाँले अब पिच रोड कहिल्यै पनि घिच रोड नबन्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब बनाएका सडकहरू २०–३० वर्षसम्म चल्ने किसिमको हुने बताउनुभयो । ‘कहिल्यै नभत्किने भन्ने कुरा त केही पनि हुँदैन,’ उहाँले भन्नुभयो, ‘तर, २०–३० वर्षसम्म नभत्किने सडकहरू बनाइन्छ ।’