
काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युष्टि पार्टी विप्लव समूहले वार्ताटोली गठन गरेका छन् । मंगलबार सरकारी पक्षले दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव सूमहले पनि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।
सरकारी वार्ता टोलीले नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गर्दा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई वार्ता टोलीका सदस्यका रूपमा छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पार्वत गुरुङले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

उता विप्लव समूहको टोलीको नेतृत्व सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गर्ने भएका छन् । उनको टोलीका अर्का सदस्य केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहने महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा कुनै पनि शर्तहरू राखिएका छैनन् ।

शान्तिपूर्ण नेपालको परिकल्पना गर्दै सरकार सबै द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याउन दृढ रहेको सरकारी पक्षको भनाइ छ । सबै समस्याको समाधानपछि वार्ताको कुनै आौचित्य नहुने भएकाले विल्लव समूहमाथि लागेको मुद्दा, प्रतिबन्ध र हतियार व्यवस्थापको विषयको समाधान वार्ताद्वारा नै समाधान गरिने सरकारको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्