१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


हटाएर देखाउन ओलीको चुनौती


13
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चुनौती दिनुभएको छ ।

मंगलबार झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा उहाँले आफूलाई हटाउन सके खुशी साथ हट्ने तर हटाउन सजिलो नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले डेढ दुई वर्षपछि चुनाव हुने र त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अदालतले संसद पुनःस्थापना गरेको बताउँदै त्यसले आफूलाई कुनै असर नपर्ने र आफूले संसद चलाउन नकारात्मक भूमिका नखेल्ने स्पष्ट पार्नुभयो । आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री ओलीले अदालतको फैसलाको मूल्याङ्कन परिणामले देखाउने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पशुपतिमा सुनको जलहरी बनाउन सरकारले दिएको ३० करोड रुपैयाँको बचाउ गर्दै आफ्नो व्यक्तिगत प्रयोगका लागि नभइ पशुपतिनाथलाई दिएकोमा आलोचना गर्नुको अर्थ नभएको बताउनुभयो । आफूले इतिहासमै नभएको काम गर्दै नेपाल सुरुङ युगमा प्रवेश गरेको भन्दै उहाँले झापाबाट पूर्वपश्चिम रेलमार्गको शिलान्यास उद्घोष गर्नुभयो ।