
काठमाडौं । सर्वोच्च अदालतले बालाजु बाइपास सडक विस्तारको विरोध प्रदर्शनमा पक्राउ परेका पीडित र अभियन्ताहरूलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश दीपकुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले पक्राउ परेकाले राज्यविरुद्ध के कस्तो कसुर गरेको भन्ने स्पष्ट नगरी गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सुमन सायमीसहित ८ जनालाई छाड्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशमा कुनै व्यक्तिलाई थुनामा राख्दा कानुनसम्मत, उचित कारणसहित वस्तुनिष्ठ आधार उल्लेख हुनुपर्नेमा पक्राउ परेकाहरूले के कस्तो आपराधिक कार्य गरेको नखुलेको उल्लेख गरिएको छ । आफ्नो सम्पत्ति रक्षार्थ विचार र अभिव्यक्ति व्यक्त गरेको कारण पक्राउ गरेको सर्वोच्चको आदेशमा भनिएको छ ।
बालाजु बाइसधारा क्षेत्रमा सरकारले नागरिकको व्यक्तिगत सम्पत्ति हडप्ने गरी सडक विस्तार गरेको भन्दै प्रदर्शनमा उत्रिएका आठ जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा राखेको थियो । उनीहरूलाई राज्यविरुद्धको अपराधमा अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्यादसमेत लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्