१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मातृभाषा बोलेकै आधारमा पक्राउ परेका अभियन्ताहरू रिहा


0
Shares

काठमाडौं । बालाजुमा सडक विस्तारको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका स्थानीय वासिन्दा रिहा भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले उनीहरूलाई गैर कानुनी रूपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरिदिएको हो ।

मातृभाषा बोलेकै आधारमा पक्राउ परेको अभियन्ताहरू समेत अदालतको आदेशले रिहा भएको छन् । अभियन्ता सुमन साय्मी, विरोचन श्रेष्ठ, भीमदेव श्रेष्ठ, मीन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठ लगायत रिहा भएका हुन् ।

सर्वोच्चले पक्राउ परेकाहरूले के कस्तो आपराधिक कार्य गरेको नखुलेको भन्दै थुनामा राख्नुलाई समेत गैर कानुनी ठहर गरेको छ । यसैबीच थुनामुक्त भएपछि काठमाडौंको इन्द्रचोकमा मैनवत्ती ¥यालीसमेत निकालिएको छ ।

वृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवाः देय् दबु लगायतका विभिन्न संघसंस्थाहरूले विरोध प्रदर्शन गरेका थिए । मैनवत्ती र्‍यालि कालिमाटीमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

अभियन्ताहरूले गैरन्यायीक सडक विस्तारलाई सशक्त रूपमा प्रतिकार गर्ने र मातृभाषा पनि प्रयोग गर्दे लैजाने प्रतिबद्धता व्यक्त गरे ।