१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विप्लवसँगको वार्ताबारे यस्ताे छ कांग्रेस र दाहाल–नेपाल समूहको प्रतिक्रिया


0
Shares

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको विद्रोही समुहसँग वार्ता गर्ने विषयलाई प्रचारबाजीको रूपमा प्रयोग नगर्न सरकारलाई सचेत गराएका छन् ।

उनीहरूले सरकार र विद्रोही पक्ष दुवैलाई प्रचारवाजी र जनताको भावनासँग खेल्ने काम नगर्न आग्रह गरे । कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले वार्तालाई प्रचारबाजी र शक्ति संचयको माध्यम बनाउन नहुने बताउनुभयो ।

नेकपाको दाहाल–नेपाल समूहका नेता गंगाालाल तुलाधरले सरकारले समस्यालाई तार्किक निष्कर्षमा पुर्याउन नभइ अहिलेको राजनीतिक घटनाक्रमबाट ध्यान अन्यत्र मोड्नका लागि गरिएको ‘प्रपञ्ज’को संज्ञा दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रेट छ भन्नु, सर्वोच्च अदालतले मैले भनेजस्तो गर्दिएन भने आन्दोलन गर्छु भन्नु र अहिले वार्ताका लागि टोली गठन गर्नु प्रधानमन्त्रीको विक्षिप्त मानसिकताको श्रृंखलाकै रुपमा आएको उहाँको टिप्पणी थियो ।