२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अफगानिस्तानमा तीन महिला पत्रकारको गोली हानी हत्या


0
Shares

एजेन्सी । अफगानिस्तानको जलालावादमा तीन जनासञ्चारकर्मी महिलाको गोली हानी हत्या गरिएको छ ।

तालिवानी लडाकूहरुको छुट्टाछुट्टै आक्रमणमा परेर एक जना घाइतेसमेत भएको बीबीसीले जनाएको छ ।

स्थानीय टेलिभिजनमा काम गर्ने ती महिला १८ देखि २० वर्षका रहेको बताइएको छ ।

घटनामा संलग्न भएको आशंकामा सुरक्षाकर्मीले केही व्यक्ति पक्राउ गरेपनि कसैले पनि घटनाको जिम्मा नलिएपनि तालिवानीले आक्रमण गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

पछिल्लो एक वर्षयता तालिवानी लडाकूहरुले विभिन्न क्षेत्रका व्यक्तिमाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत महिना मात्र सर्वोच्च अदालतका दुई जना न्यायाधीशमाथि राजधानी काबुलमा गोली हानिएको थियो ।

यता राष्ट्रपति अशरफ घानीले तालिवानी विद्रोहीलाई नियन्त्रणयमा लिन सरकार लागिपरेको बताउनुभएको छ । उहाँले तालिवानीले देश कब्जा गर्न नसक्ने दावी गर्नुभयो ।
अमेरिकाले यसअघि गरेको सम्झौता अनुसार आफ्ना सेना फिर्ता बोलाउने र अफ्गान सरकारको नियन्त्रणमा रहेका तालीवानी लडाकूहरु रिहा भएपछि तालिवानीहरुले पुन आक्रमणलाई तीव्र पारेका हुन् ।

अमेरिकामा अझै २ हजार पाँच सय भन्दा बढी अमेरिकी सेना कार्यरत छन् ।