
काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्ने बताउनु भएको छ ।
गुरुङले नालायक प्रधानमन्त्रीलाई हटाउन नसके अन्य नेताहरु पनि नालायक हुने बताउनु भएको हो ।
सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर असुरक्षित रहेको भन्ने प्रधानमन्त्री नालायक भएको गुरुङको ठहर छ ।
‘सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर आफुमाथि खतरा छ भन्ने प्रधानमन्त्रीले देश र जनताको सुरक्षा गर्न सक्दैन’, बुधबार गुरुङले ट्विटरमा लेख्नु भएको छ ।
यसअघि प्रधानमन्त्रीले पोखरामा भएको एक कार्यक्रममा आफूमाथि सुरक्षा थ्रेट रहेको बताउनु भएको थियो ।
उहाँले सार्बभौमसत्ता जनताको सर्बोच्च संसदलाई नालायकहरुको भाषण गर्ने थलोको रुपमा रुपान्तरण गर्न नहुने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्