
फाइल फोटो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाको बैठक यहि फागुन २३ गते बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदिएको थियो ।
आगामी रणनीति तयार गर्नका लागि बैठक बस्न लागेको नेताहरु बताउँछन् । त्यस्तै पार्टीको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले गरेको ढिलासुस्तीका विषयमा पनि छलफल हुने बताइएको छ ।
निर्वाचन आयोगले प्रचण्ड– नेपाल समूहले आधिकारिकता दावी गरेको एक महिना पुग्न लाग्दा समेत प्रक्रिया अघि बढाएको छैन ।
प्रतिक्रिया दिनुहोस्