
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर प्रवेश गर्ने सडक मर्मत नहुँदो आवागमन कष्टकर र जोखिमपूर्ण बनेको छ ।
सडक भत्किएर ठाउँ ठाउँमा खाल्टाखुल्टी परेको वर्षौ भइसक्दा पनि मर्मतका लागि पहल नगरिएकोे स्थानीयवासीले गुनासो गरेका छन् ।
मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेश विहार देखि आन्तरीक पर्यटकहरु पनि आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्