१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवागढी नाका सुचालु गर्न अझै अलमल


0
Shares

काठमाडौ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट चिनियाँ सामग्री आयात सुरु हुन अझै केही दिन लाग्ने भएको छ ।

चीनमा मनाइने नयाँ वर्षको चाडको कारण माघ २९ गतेदेखि आयात ठप्प भएको थियो । चिनियाँ पक्षले फागुन १७ गतेबाट सामग्री आयात गर्ने तयारी गरेपनि सामग्री आयात हुन सकेको थिएन ।

दुई देशका सीमा सुरक्षा अधिकारीहरु बसेको बैठकमा चिनियाँ पक्षले सामग्रीको आयात सुरु हुन केही दिन लाग्ने बताएका हुन् ।

चिनियाँ अधिकारीले केही दिनमा आयात सुरु हुने भएपनि पहिले झै दैनिक पाँचवटा गाडीमा सामग्री आयात गरीने बताइएको छ ।

गत जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएपनि आयात बढ्न सकेको छैन ।

चिनियाँ पक्षले दैनिक पाँचवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन् ।

२०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ ।