
ललितपुर । ललितपुर महानगरपालिका, वडा नं. २९ ले आयोजना गरेको उद्घोषण तथा वक्तृत्व विकास तालिमले लाभ पुगेको वडा अध्यक्ष गणेशकुमार महर्जनले बताउनु भएको छ ।
तालिमको समापन समारोहका प्रमुख अतिथि महर्जनले वडाका सबै सक्रिय भइदिनु भनेकै वडा सक्रिय हुनु हो भन्दै सक्रिय बनाउन आवश्यक तालिम तथा कार्यक्रमहरुको आयोजनामा आफू सँधै प्रतिवद्ध रहने बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि इन्द्रदेवी महर्जनले सबैको मन्तब्य र कार्यक्रम संचालन शैली देखेर आफू निकै प्रभावित भएको बताउनुभयो ।
प्रशिक्षक सुरजवीर बज्राचार्यले “हिजो अगाडी उभिन डराएको स्मरण गर्दै आज बिना हिचकिचाहट आफ्ना कुरा राख्ने गुणको विकास भनेको नयाँ जन्म सरह” भएको उल्लेख गर्नुभयो ।
जसरी नयाँ जन्म पनि हुर्कन मेहेनत आवश्यक छ त्यसरी नै प्रत्येक पल मेहेनत गर्नुपर्नेमा जोड दिँदै सबैले मेहेनत तथा कुशतलासाथ गरेको प्रस्तुतिले आफू निकै हर्षित भएको समेत बताउनुभयो ।
वडा सदस्य विनिता विकको सहभागिता रहेको उक्त कार्यक्रम तालिम लिएकै समूहका मध्ये जल मिसा पुचःकी दुर्गा महर्जनको सभापतित्वमा भएको थियो ।
आफ्नो मन्तब्य राख्दै उहाँले महिला समूहका लागि यो समयको आवश्यकता नर्सरीको तालिम रहेको उल्लेख गर्दै वडासँग थप कार्यक्रमको माग पनि गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीहरु मध्येबाटै सुभद्रा महर्जनले स्वागत मन्तब्य राख्नु भएको थियो भने धुसल महिला समूहका निनमाया महर्जनले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सहभागीहरु दाचि महर्जन, कान्छी महर्जन, पद्मा महर्जन, प्रमिला महर्जन, माया महर्जन, अनिता राई, भक्तमाया महर्जन, धनमाया महर्जन, कविता महर्जनले अनुभव मन्तब्य राखेका थिए ।
२०७७ फागुन ०९ गतेबाट शुरु भएको तालिममा धुसल महिला समूह, जल मिसा पुचः, नगुमा महिला समूह, विहार महिला समूह, लांखापुचू महिला समूह, इगाः महिला समूह, दल्मे महिला समूह, ध्याकु महिला समूह, चाधः महिला समूह, देय््धः महिला मिसा पुचः, गुमज महिला समूहका पदाधिकारीहरुको सहभागिता रहेको हो ।
प्रतिक्रिया दिनुहोस्