
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कोरोना भाइरसविरुद्ध खोप लगाउनु भएको छ ।
बुधबार नयाँ बानेश्वरमा रहेको सिभिल अस्पताल पुगेर सापकोटा र दाहालले कोभिशिल्ड खोप लगाउनु भएको हो ।
प्रतिनिधिसभा बैठकमा सहभागी हुनुअघि आज सांसदलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाइँदैछ।
अहिले कोरोना खोप लगाउन सांसदरु बानेश्वर पुगिसकेका छन् । सांसदहरु खोप लगाउन लामो लाइनमा रहेकोे बताइएको छ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सांसदहरुलाई कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
संघीय संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तय भएको छ ।
यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र छुटेकालाई खोप लगाइने संसद सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्