२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पहाडको टुप्पोमा रहेको तेह्रथुमको मार्गपोखरी ओझेलमा


13
Shares

तेह्रथुम । प्रचार प्रसारको कमीले तेह्रथुम जिल्लाको छथर गाउँपालिका १ मा रहेको मार्गपोखरी ओझेलमा परेको छ ।

पहाडको टुप्पोमा रहेको पोखरीमा पर्यटकहरु पुग्दैनन् । पोखरीको वरपर हिमश्रृंखलाहरु रहेका छन् ।

सडक खण्डदेखि पोखरीसम्म पुग्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयले १० लाख बजेटबाट पदमार्ग निर्माण गरेको छ ।

पदमार्ग निर्माण भएपनि प्रचा नहुँदा पर्यटकहरु नआएको स्थानीयहरु बताउँछन् । यो पोखरीमा भाकल गरे मनोकांक्षा पूरा हुने आस्था रहँदै आएको छ ।