
फाइल तस्वीर ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
२३ गते बस्ने प्रतिनिधिसभा बैठकका बारेमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
२१ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्नुहुनेछ ।
संसद पुनःस्थापना पछि नयाँ सरकार निर्माणको गृहकार्य भइरहेकाले कांग्रेस संसदीय दलको बैठकलाई महत्वका साथ हेरिएको छ ।
सत्ता सहकार्यका लागि नेकपा ओली प्रचण्ड– नेपाल दुबै समूहले कांग्रेससँग संवाद जारी राखेका छन् ।
काँग्रेसले भने उनीहरुबीचको औपचारिक विभाजनपछि मात्र कित्ता क्लियर गर्ने अडान लिएको छ ।
प्रतिक्रिया दिनुहोस्