
काठमाडौं । जीपको ठक्करबाट सहपाठीको मृत्यु भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जावलाखेलमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् ।
आज बिहान स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत १९ वर्षकी अन्जु दाहालको मृत्यु भएको थियो ।
एकान्तकुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट घाइते दाहालको पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक त्रिपुरासुन्दरीकी दाहालको मृत्यु भएपछि कोटेश्वर क्याम्पसका विद्यार्थीहरू जवलाखेल आएर दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
जीप चालक प्रवीण गिरीलाई पक्राउ गरिसकिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्