३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


दोभान बजारका अग्नीपीडितको ज्ञापन पत्र लिएर योगेश भट्टराई गृह मन्त्रालयमा


13
Shares

काठमाडौं । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालीन पुनःस्थापनाको मागसहितको

ज्ञापन पत्र लिएर पूर्वमन्त्री एवं ताप्लेजुङका सांसद् योगश भट्टराई गहृमन्त्रालय पुग्नुभएको छ । अग्नीपीडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

ताप्लेजुङको मिरिङदेन गाउँपालिका ३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी हुँदा ४९ घर जलेर नष्ट भएका थिए । आगलागीबाट ७९ परिवार विस्थापित भएका थिए ।

पूर्वमन्त्री भट्टराईको नेतृत्वमा दोभान बजार अग्नीपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्नीपीडतको दिर्घकालीन पुनःस्थापनाको माग गरेर ज्ञापन पत्र बुझाइएको हो ।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्नीपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताउनुभयो । सोमबार नै टेन्ट, ब्याल्याङ्केट पठाइएको र मंगलबार खाद्यान्न लगायतका अन्य सामाग्री पठाइने मन्त्री थापाको भनाइ छ ।

तत्कालीन राहतको कार्य सुरु भइसकेको भन्दै गृहमन्त्री थापाले कार्यविधि सच्याएर अग्नीपीडितको आवास निर्माणको लागि पाँच लाख रुपैयाँ उपलब्ध गराउने बताउनुभयो ।