
एजेन्सी । आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेल र कप्तान आरोन फिन्चको उत्कृष्ट प्रदर्शनमा तेस्रो टि–२० आई खेलमा अष्ट्रेलियाले न्यूजिल्यान्डलाई विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ८ रन बनायो ।
अष्ट्रेलियालाई विशाल लक्ष्यमा पु¥याउने क्रममा ग्लेन म्याक्सवेलले सर्वाधिक ७० रनको योगदान दिए । कप्तान आरोन फिन्चले ६९ रन जोड्दा जोश फिलिपेले ४३ रनको योगदान दिए ।
न्युजिल्यान्डका स्पिनर ईस सोधीले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले एक एक विकेट लिए ।
पाँच टि–२० आई सिरिजमा सुरुवाती दुवै खेल जित्दै न्यूजिल्यान्डले २–० शून्यको अग्रता लिएको छ ।
प्रतिक्रिया दिनुहोस्