३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


विप्लव समूहसँग दोस्रो चरणको वार्ता सकियो, छिट्टै सकारात्मक निष्कर्ष आउने सरकारको भनाइ


0
Shares

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच दोस्रो चरणको वार्ता भएको छ ।

बुधबार साँझ सरकार र नेकपाबीच दोस्रो चरणको वार्ता भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

डा. भट्टराईले दोस्रो चरणको वार्ता केहीबेर अघि सम्पन्न भएको जानकारी दिँदै विषयकेन्द्रीत र दुवै पक्षको समान धारणानजिन वार्ता पुगेको बताउनुभयो ।

सामाजिक सञ्जालमार्फत वार्ताको बारेमा बताउँदै उहाँले छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गर्नुभयो ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बुधबार बिहान पनि पहिलो चरणका वार्ता भएको थियो । बिहान भएको वार्ता पनि सरारात्मक भएपछि दिउँसो पुनः वार्ता भएको हो ।

वार्ताका लागि सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई हुनुहुन्छ भने नेकपाबाट सचिवालय सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केन्द्रीय सदस्य उदयबहादुर चलाउने हुनुहुन्छ ।