
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ले क्रम बढेको अवस्थामा सो समूह पक्षले सांसदहरुलाई आज मध्यान्ह १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो ।
हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको नेताहरुले बताएका छन् ।
यसैबीच, दाहाल–नेपाल समूहबाट ओली समूहतर्फ गएका भनिएका सांसद गंगा चौधरी आफ्नै समूहमा रहेको पनि नेताहरुले दावी गरेका छन् ।
समूह परिवर्तन गरेका भनिएका मुगुका सांसद गोपाल वमले आफू नेकपाको दाहाल–नेपाल समूहमै रहेको बताउनुभएको छ ।
हिजो एक विज्ञप्ति जारी आफू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपामै रहेको उहाँले बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्