
फाइल फोटो
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा उत्पादन गरेको अलैंचीले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका छन् ।
सामुदायिक वन भाडामा लिएर खेती सुरु गरेका किसानले अरु जिल्लाकोे तुलनामा आफूहरुले आधा मूल्यमा अलैंची बेच्नु परेको गुनासो गरेका छन् ।
गत वर्ष देशका अन्य ठाउँमा प्रतिकिलो १२ सय बजार मूल्य हुँदा आफूले गाउँबाट नै प्रतिकिलो ६ सय रुपैयाँमा अलैंची बेच्नु परेको उनीहरुले बताएका छन् ।
२०७० सालदेखि व्यावसायिक रुपमा अलैंची खेती गर्दै आएका यहाँका किसानहरुले उत्पादन अनुसारको बजार मूल्य नपाएपछि वैकल्पिक खेतीको खोती गर्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्