
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड बराबरको क्षति भएको छ ।
क्षतिको आधिकारिक विवरण संकलनका लागि गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो । आगलागीले पूर्णरुपमा घरसहित त्यहाँ रहेका पसल, गोदाम, अन्य संरचना समेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो ।
सबै भन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा १ करोड बराबरको क्षति भएको रिङदेन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बे जानकारी दिनु भएको छ । मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।
प्रतिक्रिया दिनुहोस्