
काठमाडौं । नेपाल सरकार र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच आज पनि वार्ता जारी छ । हिजो तीन पटक भएको वार्ता सकारात्मक रहेकोले आज पनि वार्ता सुरु भएको हो ।
हिजोको अन्तिम वार्ता पुल्चोकस्थित गृहमन्त्री आवासमा भएको थियो । यसअघि दुई पटकको वार्ता प्रधानमन्त्री निवास वालुवाटारमा भएको थियो । हिजोको वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजिक पुगेको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्