
फाइल तस्बिर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले दाहाल–नेपाल पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने बताउनुभएको छ ।
कोरोना भाइरस विरुद्धको खोप लगाउन निजामती अस्पताल जानुभएका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै दाहाल–नेपाल पक्ष र ओली पक्षका दोस्रो पुस्ताका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाब दिने बताउनुभएको हो ।
एकताको पक्षमा नहुने नेताहरूलाई भोट नदिने सम्मको अवस्था सिर्जना गर्ने उहाँको भनाइ छ ।
उपाध्यक्ष गौतमले विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलागि एकता अभियानमा लाग्ने स्पष्ट पार्नुभयो । पार्टी एकताको निम्ति आब्हान गर्ने नेताको पक्षमा आफू उभिनसक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्