
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे आयोगले कुनै निर्णय नगरे पछि दाहाल–नेपाल समुहले आयोग जाने तयारी गरेको हो ।
समूहले बुधबार केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षर पत्र, नागरिकताको प्रतिलिपि र पार्टी परिचयपत्र संकलन गरेको यो समूह आयोगमा जान लागेको हो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरु आयोगमा जाने तयारी गरिएको छ । यो समूहले गत २० माघमा पनि वैधानिकता दाबीपत्र बुझाएको थियो । तर, आयोगले यसबारे कुनै निर्णय गरेको छैन ।
११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने बाहेक थप निर्णय आयोगले नगरेपछि दाहाल–नेपाल समूह असन्तुष्ट छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा व्यवहारिक र राजनीतिक रूपमा विभाजित भएको छ ।
प्रतिक्रिया दिनुहोस्