
एजेन्सी । संसद भवन क्षेत्रमा सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै अमेरिकाको राजधानी वासिङ्गटन डिसीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प समर्थकले प्रदर्शन गर्ने भएपछि वासिङ्गटनको सुरक्षाको व्यवस्था कडा पारिएकाे हाे ।
संसद भवनमा पुनः हिंसात्मक गतिविधि हुन सक्ने सम्भावनाका कारण सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मिलिसिया ग्रुपले बिहीबार राजधानीमा प्रदर्शनको योजना बनाएको र त्यो हिंसात्मक पनि हुन सक्ने गुप्तचर सूचनाका आधारमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सम्भावित कुनै पनि प्रकारको सुरक्षा चुनौतीका लागि आफूहरू तयार रहेको सुरक्षा निकायले बताएको छ । सुरक्षा चुनौतीका कारण तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभको बिहीबारको सत्र स्थगित गरिएको छ । तर, माथिल्लो सदन सिनेटको कारबाही भने जारी रहने छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले मार्च ४ मा राजधानीमा प्रदर्शन गर्ने तयारी गरेका छन् । ट्रम्पका समर्थकहरूले गएको जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गर्दा एक प्रहरी अधिकारीसहित पाँच जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्