
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले मलको समस्या सधैँको लागि अन्त्य भएको बताउनुभएको छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्या सधैँको लागि अन्त्य भएको बताउनुभयो । आफूले मन्त्रालय सम्हालेपछि तत्कालीन रूपमा देखिएको समस्यालाई तत्काल समाधान गर्दै लगेको बताउनुभयो ।
मन्त्री अर्यालले मध्यकालिन समस्याको समाधानको रूपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती गर्न थालिएकाले मलको समस्या हटेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने समेत बताउनुभयो ।
मन्त्री अर्यालले अहिलेको मौज्दातले अर्को वर्ष साउनदेखि असोजसम्मको माग धान्ने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुने गरी प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तीको प्रक्रिया सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्