१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दिप लामिछानेआवद्ध पाकिस्तान सुपर लिग स्थगित


0
Shares

एजेन्सी । पाकिस्तान सुपर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो ।

कोरोना भाइरसको कारण जारी प्रतियोगिता स्थगित गरिएको हो । सहभागी टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ । पछिल्लो समय खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो ।

यस सिजनको लिगका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए । सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय भएको थियो । लाहोरले सन्दीपलाई राशीद खानको स्थानमा अनुबन्ध गरेको थियो ।