
सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सर्लाही शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पूर्वमन्त्री थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्ने तर्फ कांग्रेस लाग्नुपर्ने बताउनुभयो ।
पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब कांग्रेसले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।
कार्यक्रममा पूर्वमन्त्री थापाले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सरकारका लागि ¥याल काड्नुभन्दा संविधानको रक्षार्थ उत्रिनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्