
एजेन्सी । अमेरिकामा एक व्यक्ति निर्दोष भए पनि २३ वर्षको जेल सजाय कटाएका छन् ।
उनलाई केही समय अघि मात्र त्यहाँको अदालतले न्याय दिलाएको छ । विनाकसुर २३ वर्षसम्म जेलमा थुनेकाले अदालतले उनलाई ५ लाख डलर अर्थात ५ करोड ८३ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।
कर्टिस फ्लावर्सलाई जनवरी १९९७ मा चार व्यक्तिको हत्या आरोपमा पक्राउ गरिएको थियो । फर्निचर स्टोरमा चार व्यक्तिको हत्याको आरोपमा जेल बसेका उनलाई २०१९ मा जेलबाट छुटकारा पाएका थिए ।
अमेरिकाको मिसिसिपीका न्यायाधीसले निर्दोष फ्लावर्सलाई दश वर्षसम्म ५०–५० हजारका दरले क्षतिपूर्नि दिलाउन आदेश दिएको छ । यस्तै पीडितलाई ५० हजार डलर वकिलको फिसको लागि उपलब्ध गराउन पनि सरकारको नाममा अदालतले आदेश जारी गरेको छ ।
फ्लावर्सको मुद्दामा लापरवाही भएको समाचार बाहिर आए पनि त्यसले खासै अर्थ राखेको थिएन । आरोप पुष्टि नभए पनि उनलाई २३ वर्षदेखि जेलमै राखिएको थियो । अदालतको आदेशपछि फ्लावर्सले आफू निर्दोष भएको प्रमाणित भएकोमा खुसी व्यक्त गरेका छन् ।
साथै उनले आफूलाई दिइएको क्षतिपूर्तिको रकममा पनि असन्तुष्टि व्यक्त गर्दै आफ्नो पूरै जिन्दगी बर्बाद भएको मूल्य जम्मा ५ लाख डलर भन्दै प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्