१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पौडेल अनुपस्थित हुँदा अझै बसेन कांग्रेसको पदाधिकारी बैठक


0
Shares

रोमन आचार्य
काठमाडौं । दिउँसो ३ बजेका लागि बोलाइएको नेपाली कांग्रेसको पदाधिकारी बैठक अझै बस्न सकेको छैन । सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको बैठक अझैसम्म सुरु हुन नसकेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल नआइपुग्दा पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्न नसकेको हो । पौडेल बिहीबार बिहान चितवनको कार्यक्रममा सहभागी भएर दिउँसो नवलपुरमा कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कँदै हुनुहुन्छ ।

पौडेल आइपुग्ने बित्तिकै बैठक सुरु हुने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँ भरतपुरबाट त्रिभुवन विमानस्थल झरेर सिधै बुढानिलकण्ठ जानुहुनेछ ।