
काठमाडौं । कञ्चनपुरमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक भारतीयको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका ७ पौलाहामा सीमा क्षेत्रमा गस्ती गरिरहेको प्रहरीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
इलाका प्रहरी कार्यालयको टोलीले नेपाल–भारत सीमा क्षेत्र नजिकै गस्ती गरिरहेको थियो ।
प्रहरी टोलीमाथि तस्करहरुको समूहले गोली चलाएपछि जवाफी फायरिंगमा एक भारतीयको मृत्यु भएको हो ।
मृतक भारत उत्तर प्रदेशको तिलिभितका २५ वर्षीय गोविन्द सिंह छन् ।
मृतकको साथबाट नक्कली नोट छाप्ने मेसिन र कागजातसँगै लागूऔषध समेत बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ४ जना तस्करले प्रहरीमाथि गोली चलाएका थिए । एक प्रहरी सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्