२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चेल्सीद्धारा लिभरपुल पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई चेल्सीले १–० ले हराएको छ ।

गएराति लिभरपुलको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन मेसन माउण्टले निर्णायक गोल गरे ।

जितसँगै चेल्सीले प्रिमियर लिगको शिर्ष चारभित्र पर्ने सम्भावना बलियो पारेको छ । पराजित टोली लिभरपुलको भने शिर्ष चारको सम्भावना कमजोर बन्दै गएको छ ।

आफ्नै मैदान एन्फील्डमा लिभरपुल पछिल्लो ५ खेलमा पराजित भएको छ । लिरभपुलले आफ्नै मैदानमा यति कमजोर प्रदर्शन गरेको क्लबको इतिहासमै यो पहिलो पटक हो ।

प्रिमियर लिगकै अन्य खेलहरुमा गएराति टोटनह्याम हट्सपरले फुल्हमलाई १–० ले हराउँदा एभर्टनले वेष्ट ब्रोममाथि १–० कै जित निकाल्यो ।

गएरातिका खेलहरुपछि इंग्लीश प्रिमियर लिग फुटकलको अंक तालिकामा २७ खेलबाट ६५ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा यथावत छ ।

समान खेलबाट ५१ अंक जोडेको म्यान्चेस्टर युसनाईटेड दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको लेष्टर सिटीको ५० अंक छ ।

४७ अंकसहित चेल्सी चौथो तथा ४६ अंक जोडेको एभर्टन पाँचौ स्थानमा उक्लिएको छ ।