१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओली समूहका सचेतकले बैठकमा बोलाएपछि दाहाल-नेपाल समूह संकटमा


0
Shares

काठमाडौं । संसदीय दलको बैठक बोलाउन नेकपाका दुबै समुहबीच होडबाजी चलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गत पुस ५ गते संसद विघटन गरेसँगै फरक फरक दलको अभ्यास गरेका नेकपाको दुवै समूहले आफ्नो पक्ष आधिकारीक भएको दावी गर्दै संसदीय दलको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली समुहले आइतबारका लागि दलको बैठक बोलाएको छ भने दाहाल नेपाल समूहले दलको बैठक आजका लागि बोलाएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्दैछ । ओली पक्षले बैठक बस्नु अघि दलको बैठक बोलाएपछि अर्को समूहले आजै सांसदहरुसँग छलफल गर्न लागेको हो ।

संसद बैठक बस्ने दिन नजिकिदै जाँदा नेकपामा सांसद तानातानको अवस्था सिर्जना भएको छ । दाहाल-नेपाल समुहले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर कांग्रेसको नेतृत्वमा सरकार बताउने तयारी तीव्र बनाएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संसदीय दलको प्रमुख सचेतकमा सांसद देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई नियुक्त गरेको छ । मुख्य सचेतक भट्टराईले नेकपाका सबै सांसदलाई दलको बैठकमा उपस्थित हुन खबर पठाएपछि दाहाल नेपाल समूह झस्किएका छन् ।