
म्याग्दी । राष्ट्रिय महत्वको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्र्तगतको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ ।
सडक स्तरोन्नति कार्यलाई तीब्रता दिन सडक खण्डको म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको क्षेत्रमा काम भईरहेकाले दैनिक ६ घण्टा सडकमा सवारी साधनहरु बन्द गरेर निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको बेनी–जोमसोम सडक खण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
आगामी मंगलबारदेखि दैनिक बिहान ७ बजे देखि ११ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साँझ ६ बजेसम्म सडक निर्माणको काम हुनेछ् । म्याग्दीको रघुगंगा गाउँपालिका–१ को तिप्ल्याङ क्षेत्र, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को बादरजुङ्गे भीर र मुस्ताङको थासाङ गाउँपालिका–४ को घाँसादेखि लेतेसम्मको निर्माणधीन सडकको कामलाई बाधा नपुग्ने गरी दैनिक सडक बन्द गर्ने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस्