३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


संसदबाट सरकार फाल्दा बर्बादै भयो भनेर सडकमा आउँदैनौं: मन्त्री अर्याल


0
Shares

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले सम्मानित संसद्बाट सरकार फेर्दा सडकमा गएर आन्दोलन नगर्ने बरु त्यसलाई सहजरुपमा स्वीकार गर्ने बताउनुभएको छ ।

गृहजिल्ला स्याङ्जास्थित बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्षकप (वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगीता)को एवं विरुवा गाउँपालिका–६ स्थित भुवनघाट पक्की पुलको उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।

सत्तारुढ नेकपाकै शीर्ष नेतृत्वसहितको एउटा पक्ष अहिले केपी शर्मा ओली नेतृत्वको सरकार हटाउने खेलमा लागिरहेको प्रसंग उल्लेख गर्दै उहाँले सरकार हटाउने नै भए विधि, प्रक्रियामार्फत आउन आग्रह गर्नुभयो ।

‘हामी सम्मानित संसदबाट सरकार फेर्दा खुसी नै हुन्छौ । हामी जनताका मान्छे हौ, जनताको बिचमा आउँदा खुसी नै हुन्छौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘तर संसद आह्वान भएको छ । प्रधानमन्त्री हटाउछौ भन्नेहरुले विधिसम्मत ढंगले फाल्नुपर्छ । संसद् शुरु भएर प्रधानमन्त्री हटाएमा हामी बर्बादै भयो भनेर हामी सडकमा आउने वाला छैनौं ।’

पार्टीका शीर्ष नेतृत्वबीचको अस्वस्थ खेल, पद र शक्तिको खेलले सत्ताधारी पार्टी दुर्घटनामा परेको भन्दै नेकपासँगै सिंगो मुलुक नै दुर्घटनामा परेको बताउनुभयो ।

यसले अस्थिरता ल्याएको भन्दै उहाँले फेरि सत्ताको गणितीय खेल शुरु भएको भन्दै यसले मुलुकमा स्थायी सरकारको परिकल्पना भताभुंग पारिदिएको बताउनुभयो ।