
काठमाडौं । कोभिड–१९ का कारण लगभग ६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने क्रम बढ्न थालेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको तथ्यांकअनुसार विदेश जाने श्रमिकको संख्यामा क्रमशः वृद्धि हुँदै गएको पाइएको हो । विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मंसिरको तुलनामा रोजगारीमा जाने नयाँ श्रमिकको संख्यामा लगभग ५० प्रतिशतले वृद्धि भएको छ ।
मंसिरमा वैधानिकीकरण र संस्थागत रुपमा ४ हजार ३ सय ७७ श्रमिक रोजगारीका लागि विदेश गएकोमा माघमा ८ हजार ९ सय ६६ श्रमिक विदेशिएका छन् । यो तथ्यांक लकडाउनपछि पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका बाहेकको हो ।
यसैगरी बिदामा आएर जाने नेपालीले लिने पुनः श्रम स्वीकृतिसमेत बढेको छ । मंसिरमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या माघमा भने न्यूनमात्र बढेको हो ।
मंसिरमा पुनः श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या ८ हजारबाट बढेर ८ हजार ९ सय २१ पुगेको छ । यो अवधिमा पुनः श्रम स्वीकति लिनेको भन्दा नयाँ श्रम स्वीकृति लिनेको वृद्धि प्रतिशत बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्