५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


लेभान्तेलाई पाखा लगाउँदै एथ्लेटिक फाइनलमा


0
Shares

एजेन्सी । लेभान्तेलाई पाखा लगाउँदै एथ्लेटिक बिल्बाओ स्पेनिस ‘कोपा डेल रे’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा लेभान्तेलाई २–१ ले पराजित गरेपछि समग्रमा ३–२ को जितसहित बिल्बाओ फाइनलमा पुगेको हो ।

यसअघि पहिलो लेगको खेलमा यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

लेभान्तेको मैदानमा भएको दोस्रो लेगमा भ्रमणकारी टोली बिल्बाओका लागि राउल गार्सिया र एलेक्स बेरेनगरले एक एक गोल गरे ।

घरेलु टोलीका रोजरले एक गोल फर्काए । जितसँगै बिल्बाओले बार्सिलोना विरुद्धको उपाधि भिडन्त तय गरेको छ ।

पहिलो सेमिफाईनल खेलमा सेभियालाई अतिरिक्त समयमा हराउँदै बार्सा फाईनलमा पुगेको हो ।

कोपा डेल रे फुटबलको फाईनल खेल आगामि अप्रिल १७ तारिखमा स्पेनको सेभिया शहरको ‘ला–कार्टुजा’ रंगशालामा हुनेछ ।