
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच काठमाडौंमा भेट भएको छ ।
सार्वजनिक भइसकेपछि पहिलोपटक पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पार्टीको शीर्ष नेता धर्मेन्द्र बास्तोला लगायतका नेताहरुबीभ भेटघाट भएको हो ।
शुक्रबार हुने भनिएको सरकार र नेपाल कम्युनिष्ट पार्टीबीचको विस्तृत सहमति अघि नेताहरुबीच भेटघाट भएको हो । महासचिव चन्द शुक्रबार बिहानै नवलपरासीबाट काठमाडौं आउनुभएको हो भने बास्तोला आजै जेलबाट छुट्नुभएको थियो ।
विप्लवलाई नवलपरासीबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको थियो । उहाँ नवलपरासीबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । यस्तै सरकारसँगको वार्तामा विश्वकर्माको नेतृत्वमा वार्ता छोली गठन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्