
बुटवल । रुपन्देहीमा मोतिपुर औद्योगिक क्षेत्र शिलान्यास गर्न पुग्नुभएका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले अवरोध गरेका छन् ।
स्थानीयले माग पूरा नभएसम्म औद्योगिक क्षेत्रको शिलान्यास गर्न नदिने बताएका थिए । उनीहरुले आफ्नो ठाउँको लागि मन्त्री पौडेलले केही नगरेको भन्दै विरोध गरेका हुन् ।
स्थानीयले सम्मानजनक स्थानान्तरणको माग गरेका छन् । विरोधमा उत्रिएका स्थानीयले कार्यक्रमको लागि तयार गरिएको मञ्चसमेत भत्काइदिएका थिए ।
शुक्रबार कडा सुरक्षाकाबीच मञ्च निर्माण गरिए पनि पनि स्थानीयले भने विरोध जारी राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्