२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


सम्बोधनमै प्रधानमन्त्रीको व्यङ्ग्य– यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि सम्बोधनका क्रममा नै व्यङ्ग्य गर्नुभएको छ ।

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पार्टीका नेता धर्मेन्द्र बास्तोलामाथि व्यङ्ग्य गर्नुभएको हो ।

‘धर्मेन्द्र बास्तोला जी बधाई छ भर्खरै छुटेर आउनुभयो,’ उहाँले भन्नुभयो, ‘यति थोरै जेल बसेर छुटेर आउन पाए पो हुन्थ्यो, आफू त १४ वर्ष बसियो ।’

प्रधानमन्त्रीले यसो भन्दै गर्दा राष्ट्रिय सभागृहमा हाँसोले गुञ्जिएको थियो । प्रधानमन्त्री ओलीले खड्गबहादुर विश्वकर्माको नाम भन्दा पनि अपमानजनक तरिकाले भन्नुभएको थियो ।

‘वार्ता टोलीका अर्का नेता खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यारे नाम, प्रकाण्ड जी’, उहाँले भन्नुभयो ।