१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विप्लव समूहको हतियार खोइ ?– अर्जुननरसिंह केसी


0
Shares

चितवन । नेपाली कांग्रसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हतियारको विषयमा प्रश्न उठाउनुभएको छ ।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले विप्लव समूह मूलधारको राजनीतिमा आउनु सकारात्मक भए पनि सो समूहले प्रयोग गरेको हतियारको विषयमा मौन रहनु गम्भीर भएको बताउनुभयो ।

‘उहाँहरु (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउनु सकरात्मक हो’, उहाँले भन्नुभयो, ‘तर, सहमतिमा हतियार व्यवस्थापनको विषय नखुल्नुलाई कांग्रेसले गम्भीरतपूर्वक लिएको छ ।’

ठाउँ–ठाउँमा प्रहरीले विप्लव समूहका कार्यकर्तालाई हतियारसहित पक्राउ गरेकाले उनीहरुसँग हतियार छैन भन्ने कुरा विश्वास गर्नै नसकिने नेता केसीकोे भनाइ छ ।

नेता केसीले पीडकहरू सधैँ उत्मुक्ति पाइरहने अवस्था आएको भन्दै पीडितले न्याय नपाउने अवस्थाको अन्त्य हुनपर्नेमा जोड दिनुभयो ।