८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य


0
Shares

काठमाडौं । नेकपा दाहाल नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ । शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदिय दलको नेता चयन गरेको छ ।

समूहले आफू निकटका संसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । संसदीय दलको नेता चयन भएपछि दाहालले अविश्वास प्रस्ताव ल्याउन ओलीले बाध्य पारेको बताउनुभयो ।

बहुमत सदस्यले मलाई संसदीय दलको नेताका रुपमा चयन गर्नु भएको छ। यसलाई मैले चनुनौतीको रुपमा लिएको छु । आवश्यक परे ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने बाटोतर्फ अग्रसर हुनुपर्छ, दाहालले बैठकपछि भन्नुभयो । उहाँले अहिले नै प्रधानमन्त्री बन्ने हतार नभएको र अन्य दलसँग छलफल गरेर अघि बढ्ने बताउनुभयो । नागरिक